काठमाडौं - विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ ।
पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण गरेका होटलको व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ ।
२६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको उसले जनाएको छ ।
मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमुलक रहेको बताउनु भयो ।
पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँच तारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ । गत वर्ष नै नेपालगञ्ज स्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेत स्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा 'अतिउत्तम' वर्गीकरण प्राप्त गर्न सफल भएका छन् ।
हस्पिटालिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफा रहित संस्था ‘साकार’ मार्फत सप्ताहब्यापी विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको समेत जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बिभिन्न आउटलेटहरू मार्फत रक्तदान, सरसफाइ, अनाथालयहरूमा खाना वितरण तथा विद्यार्थीहरुलाई शिक्षण सामाग्री लगायत आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम गरिएको न्यौपानेले जानकारी दिनु भयो।
यस वर्ष 'साकार'मार्फत ग्रुपले क्यान्सर पिडित एवं मृगौला पिडितलाई आर्थिक सहयोग गरेको र रुकुम(जाजरकोटमा गएको भूकम्पका पिडितहरूलाई राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको उहाँको भनाई छ ।
हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ्ग कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका ९कृषि फर्म०, सर्व टेक्नोलोजीज् लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ ।
सिद्धार्थ ग्रुपले 'भिजन २०३०' को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको न्यौपानले बताउनु भयो ।
अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।
सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...