काठमाडौं- मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्नुभयो । उहाँले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गर्नुभयो ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उहाँले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिनुभयो ।
“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पु¥याइएको छ”, शर्माले भन्नुभयो । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...
काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा...
भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा वढीले अवलोकन गरेका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४...
काठमाडौं - चर्चित अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला...
नेपालगञ्ज - शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा...