चितवन- स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ ।
चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् ।
कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताउनुभयो । उहाँले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताउनुभयो ।
सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उहाँले जानकारी दिनुभयो । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उहाँको भनाइ छ ।
नेपालमा वार्षिक महको खपत आठ हजार मेट्रिक टन हुँदै आएको छ । नेपालबाट आठ मेट्रिक टन मह निर्यातसमेत भएको छ । नेपालमा वार्षिक रु ३० करोड ३४ लाख बराबरको मह आयात हुँदा रु १६ करोड ८१ लाखको मह निर्यात भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताउनुभयो । उहाँले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ ।
मौरीविज्ञ डा शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभएको छ । मौरी र पर्यावरण विषयमा कार्यपत्र पेस गर्नुभएका रिजालले मौरीले पारिस्थितिक प्रणालीलाई कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राख्नुभयो । मह दिवसका अवसरमा नेपाल मौरीपालक महासङ्घ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहका प्रमुखलाई राखेर समस्याका समाधान खोजिने बताउनुभयो ।
मौरी विकास कार्यक्रम भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन, कृषि ज्ञान केन्द्र र नेपाल मौरीपालन महासङ्घ चितवनले अन्तक्र्रिया र सर्वसाधरणलाई मह खुवाएर मह दिवस मनाएका हुन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...
काठमाडौं - नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिम्मिट) वीच एक दसक लामो साझेदारी हुने भएको छ । नेपालमा कृषि क्षेत्रको बढि उत्पादन र...