• बिहीबार, २६ माघ, २०७९
  • ०८:२१:१५
  • नेपालीको अभिमत

राजनीति

कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने

नेपालमत

सोमबार, ९ माघ, २०७९

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको हो । 


‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो , ‘ यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं। सकेसम्म सर्वसम्मत गर्नेछौ। ’

बैठकमा विशेष गरी आउँदो राष्ट्रपतिको चुनावलाई केन्द्रीत भएरै छलफल भएको उहाँले बताउनु भयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved