उदयपुर- उदयपुरको क्षेत्र नं १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहनुभएका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ ।
खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गर्नुभएको छ ।
यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
खड्कालाई रोक्न पुरानै प्रतिस्पर्धी एमाले नेतृ मञ्जुकुमारी चौधरी मैदानमा उत्रिए पनि सफल हुनुभएन ।
पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा...
काठमाडौं- राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ । कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक...
लुम्बिनी- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका...
काठमाडौं- नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट उपाध्यक्ष अर्यालको पद...