• शुक्रबार, २७ श्रावण, २०७९
  • १४:३४:०५
  • नेपालीको अभिमत

राजनीति

बुढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

नेपालमत

मंगलबार, १४ असार, २०७९

काठमाडौं – सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो। 

२०७७ चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई बिदा गर्ने र स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । यसअघि बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवाले बनाउने भनिएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal