काठमाडौं–सत्ता सझेदार दल नेकपा (माओवादी केन्द्र) को सोमबार (आज) बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा विहान बसेको पार्टीको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको आगामी राष्ट्रियसम्मेलनको बारेमा छलफल भएको र सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल जानकारी दिनु भएको छ ।
महराले भन्नु भएको छ, ‘स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेका छन्, तर निष्कर्षमा पुगेको छैन, छलफलकै क्रममा छन्, खास गरेर आगामी सम्मेलनकै विषयमा छलफल भएको छ ।’
आजको बैठक निष्कर्षमा नपुगेपछि भोलि (मंगलबार) बिहान ८ बजे फेरि स्थायी कमिटीको बस्ने र एजेण्डा प्रवेश गर्ने महराले बताउनु भएको छ । माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...