ताजा

  • सोमबार, २३ असार, २०८२
  • ०४:५२:००
  • नेपालीको अभिमत

कारोबार

बाँकेले पायो एकै दिन तीन मन्त्री, दुईजना सहोदर दाजुभाइ

नेपालमत

शुक्रबार, २२ असोज, २०७८

नेपालगन्ज - बांँकेले आज एकै दिन तीन मन्त्री पाएको छ । तीनमध्ये दुईजना चाहिं सहोदर दाजुभाइ हुनुहुन्छ ।

बाँकेले केन्द्र सरकारमा दुई र लुम्बिनी प्रदेशमा एक मन्त्री पोल्टामा पारेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथक र कांग्रेसका गजेन्द्र हमाल मन्त्री बन्नुभएको छ ।

अथक युवा तथा खेलकुद मन्त्री र हमाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बन्नु भएको हो ।

अथक बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ भने हमाल कांग्रेसका नेता हुनुहन्छ । हमाल कांग्रेसको भागमा परेको मन्त्रालयमा मन्त्री बने पनि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले नातेदार भएकोले सिफारिस गरेको भन्दै आलोचना पनि भएको छ ।

बाँके कांग्रेसका पुराना नेता हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय देखिनुभएको थिएन। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ मा उहाँ पराजित हुनुभएको थियो भने बाँके कांग्रेसको सभापति पनि भइसक्नु भएको थियो । हमाल प्रधानमन्त्री देउवासँग पहिल्यैदेखि निकट मानिनुहुन्छ ।

आजै लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल पनि मन्त्री बन्ने टुंगाे लागेकाे छ । उहाँ गजेन्द्र हमालका भाइ हुनुहुन्छ । सुरेन्द्र लुम्बिनी प्रदेश सरकारको वन, वातावरण तथा भूसंरक्षण मन्त्री बन्ने हुनु भएकाे हाे । उहाँको औपचारिक नियुक्ति र सपथ भने आइतबार हुने हमालले नेपालमतलाई बताउनु भयो ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल र सुरेन्द्र हमाल एकै दिन मन्त्री बन्न लागेका बाँकेका पहिलो दाजुभाइ हुनुभएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved