• शुक्रबार, १४ बैशाख, २०८१
  • ०६:५३:३४
  • नेपालीको अभिमत

शिक्षा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

नेपालमत

सोमबार, २६ पौष, २०७८

काठमाडौं - शिक्षा मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय मन्त्रालयले गरेकाे हाे । 

सोमबार बसेको बैठकले सीसीएमसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । 

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved