• शुक्रबार, १४ बैशाख, २०८१
  • ०९:५५:५१
  • नेपालीको अभिमत

शिक्षा

अब छिट्टै विद्यार्थीलाई विद्यालयमै कोरोना विरुद्धको खोप –शिक्षामन्त्री पौडेल 

नेपालमत

मंगलबार, ७ मङ्सिर, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले छिट्टै विद्यालय तहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराइने बताउनु भएको छ ।

विद्यालयमै स्वास्थ्यकर्मी पठाएर सबै विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप उपलब्ध गराउने तयारीका साथ मन्त्रालयले काम गरिरहेको उहाँले जानकारी दिनु भयो ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेलले निकट भविश्यमै सबै विद्यार्थीलाई खोप पु¥याउने गरी मन्त्रालयले उच्च प्राथमिकताका साथ तयारी गरिरहेको जानकारी दिनुभयो ।

मन्त्रालयको नेतृत्व सम्हालेपछिका आफ्ना कार्ययोजना एवं प्राथमिकताहरू सार्वजनिक गर्न आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठनले अनुमति दिए अनुसार ५ वर्ष माथिका सबै विद्यार्थीलाई पुग्ने गरी खोपको व्यवस्था मिलाइसकिएको बताउनु भयो ।

नेपालमा खोप आइपुग्नासाथ सम्वन्धित विद्यालयमै गएर खोप लगाइने मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले कोरोनाका कारण कुनै पनि तहका विद्यार्थीको शैक्षिक सत्र नगुम्ने गरी शैक्षिक कार्यतालिका अगाडि बढाउन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने पनि उहाँले बताउनु भयो ।    
 

मन्त्री पौडेलद्वारा सार्वजनिक प्राथमिकता 

१. सबै विधार्थीलाइ कोभिड–१९ विरुद्धको खोपको व्यबस्था गरिनेछ ।

२. सबै पालिका र प्रदेशलाइ साक्षर घोषणा गरिनेछ ।

३. सिक्दै कमाउदै कार्यक्रमलाई प्रभाबकारी ढंगले कार्यान्वयन गरिनेछ  ।

४. अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाइ कार्यान्वयन गरिनेछ ।

५. कक्षा बाह्र सम्मका पाठ्य पुस्तकको छपाई गुणस्तरीय एवम् रङ्गीन बनाइनेछ ।

६. अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ संचालनमा ल्याइनेछ ।

७. स्थायी शिक्षक पदपुर्तिको लागि विज्ञापन प्रकृया तत्काल अगाडी बढाइनेछ । 

८. समयमै सबै सेट पाठ्यपुस्तकहरु विधार्थीको हात हातमा पु¥याइनेछ ।

९. संघिय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गरिनेछ ।

१०. शिक्षक दरबन्दी मिलान कार्यलाई सहजीकरण गरी अनुगमन गरिनेछ ।

११. हरेक स्थानीय तहमा कम्तिमा एकबटा प्राविधिक शिक्षालय पु¥याइनेछ ।

१२. गरिब जेहेन्दार विधार्थीलाइ छात्राबृति वितरण गरिनेछ । कसैलाइ पनि पढने अबसरबाट बञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गरिनेछ।

१३. विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरि संचालन भए नभएको अनुगमन गरिनेछ । 

१४. निजि बिद्यलायले सरकारले तोको अनुसारको छात्रबृति उपलब्ध गराए नगराएको प्रभाबकारी अनुगमन गरिनेछ ।

१५. विधार्थी भर्ना संख्याका अधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलबिध मापन गरीनेछ । 

१६. शिक्षक अस्पताल निर्माणको प्रकृया अगाडी बढाइनेछ ।

१७. बैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभाबकारी बनाइनेछ । 

१८. तिनै तहको सरबाटबाट संचालन हुने शैक्षिक कृयाकलापहरु वीच आपसी समन्वय कायम गरि नतिजा सुनिश्चित गरिनेछ ।

१९. शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गरिनेछ ।

२०. उच्च स्तरीय शिक्षा आयोगको प्रतिबेदनलाई क्रमशः कार्यान्वयन गरिनेछ ।

२१. शिक्षा तथा मानब श्रोत विकास केन्द्रबाट संचालित यलष्लिभ भमगअबतष्यल उयचतब िमा गुणस्तरीय सामग्री समाबेश गरिसबैको पहुँचमा पु¥याइनेछ ।

२२. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याइनेछ । 

२३. तीन वर्षभित्र सबै सामुदायिक विद्यालयहरूमा भौतिक पुर्वाधार तयार गरिनेछ ।

२४. दलित उत्पिडित अल्पसंख्यक  पिछडिएका बर्गको गुणस्तरीय शिक्षामा पहुँच कायम गरिनेछ । 

२५. शैक्षिक पुर्वाधार निर्माण एबं प्रविधि विकासमा बैदेशिक लगानी आकर्षण गरिनेछ । स्बदेशी एबं विदेशी लगानीलाई प्रोत्साहनगरिनेछ ।

२६. विभिन्न आन्दोलनका घाइते, अपागं एबं द्वन्द्व पिडितलाइ शैक्षिक अवसर प्रदान गरिनेछ । 

२७. शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइ प्रति स्व–जवाफदेहीबनाइनेछ ।

२८. प्रत्येक पालिकास्तर, प्रदेशस्तर र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिनेछ ।

२९. विद्यालय स्तरको क्भ्भ् र कक्षा १२ को परीक्षालाई व्यवस्थित गरिनेछ ।

३०. शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकार भित्र रही समाधान गर्न अधिकतम प्रयास गरिनेछ ।

३१.  यूनेस्को महासभामा प्रस्तुत नेपालको नीति व्यक्तव्यको कार्यान्वयनका लागि कार्यक्रमहरु तयार गरी कार्यान्वयन गरिनेछ ।


  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved