• शनिबार, १५ बैशाख, २०८१
  • १६:०७:०१
  • नेपालीको अभिमत

समाचार / विविध

काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने

नेपालमत

मंगलबार, ६ चैत, २०८०

काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । 

चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ । 

नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल र भारतका संस्कृतका बिज्ञ, जानकारहरूको उपस्थिति रहने छ । 

नेपाल र भारतको विकासमा संस्कृतको योगदान, दुवै देशका सांस्कृतिक, आध्यात्मिक र वौद्धिक बिकासको बिशिष्ट अध्ययन गरिने संयोजक प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । 'नेपाल र भारतका संस्कृतका विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् भने संस्कृत भाषाकाे उत्थान र प्रचारमा र साे भाषाकाे बैज्ञानिक पक्षका बारेमा जानकारी दिने कार्य गरिनेछ' उनले भने । 

नीति प्रतिष्ठान नेपाल, केन्द्रिय संस्कृत विश्वविद्यालय, नयाँदिल्ली र इन्डिया फाउन्डेसनसहित तीन संस्थाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । 

यसअघि नेपालमा २०२४, २०५१, २०७५ र २०७६ सालमा यस्तो सम्मेलन भइसकेको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved