• मंगलबार, २५ बैशाख, २०८१
  • १९:४४:४५
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

राष्ट्रिय बाल नाटक मेला फागुन १८ गतेदेखि

नेपालमत

बिहीबार, १७ फाल्गुण, २०८०

काठमाडौं - बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ ।

नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो ।

मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले नाटक मञ्चन गर्नेछन् । नाटक मञ्चनको निर्णायकहरुमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिश्रृंखला ‘अबिरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन् । फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघका महासचिब जे.बी. डिसीले जनाए ।  

प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैंया, ट्रफी, प्रमाण–पत्र दिइने छ भने विजयी नाटकलाई अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइने छ । प्रतियोगितामा ११ वटा शिर्षकमा उत्कृष्ट प्रतियोगीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने छ ।

 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, १७ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved