काठमाडौं – न्यायालय विवाद प्रकरणमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु अघि सर्नु भएकाे छ ।
राजनीतिक दलहरूले माैनता साँधिरहेका बेला मन्त्री बडुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस विषयमा भेटेर न्यायालयमा देखिएको समस्या समाधानका लागि ध्यानाकर्षण गराउनु भएकाे हाे ।
सत्तारुढ दल नेपाली कांग्रेसनिकट कानुन व्यवसायी, सांसदहरु, महान्यायाधिवक्ता तथा सर्वोच्च बारका पदाधिकारीकाे अनुराेधमा कानुनमन्त्री बडुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएकाे हाे ।
कात्तिक ८ गते सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा सर्वोच्च अदालतकै न्यायाधीशहरु समेत छन्। आन्दोलनका क्रममा हालसम्म कुनै निकास निस्कन नसकेको र न्यायालय झन् विवादित हुँदै गएपछि मन्त्री बडुले विकसित पछिल्लो परिस्थितिको बारेमा बिहीबार सराेकारवाला सँग छलफल गर्नु भएकाे थियाे ।
छलफलमा राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, महान्यायाधिवक्ता खम्बबहादुर खाती, नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित सर्वोच्च बारका पदाधिकारीसमेत सहभागी थिए।
अदालतलाई सेटिङमा चलाएको, भ्रष्टाचार घटाउनुपर्नेमा झन् प्रश्रय दिएको, आफ्ना भाइमार्फत अदालतमा बिचौलिया राज बढाएको र रञ्जन कोइरालाको जस्ता धेरै मुद्दामा बदनियतपूर्वक फैसला गरेकाे भन्दै सर्वोच्चकै न्यायाधीश र बारका कानुन व्यवसायी प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा उत्रिएका छन्।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११...
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड २०२५'बाट सम्मानित भएको छ । यो अवार्ड सगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल...
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...