काठमाडौं - काठमाडौंको किर्तिपुरमा मन्टेश्वरी तालिम मार्फत् शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दशकदेखि मन्टेश्वरी तालिम केन्द्र संचालन गरिरहेकी दुर्गाकुमारी धिताललाई सम्मान गरिएको छ ।
लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशील सगरमाथा प्रतिष्ठान नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा धिताललाई 'उत्कृष्ट शिक्षा सम्मान २०८२' बाट सम्मानित गरेको संस्थाका अध्यक्ष नरबहादुर लिम्बुले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा किर्तिपुरमा आयोजित विशेष समारोहमा पूर्वमन्त्री तथा संघीय सांसद राजन केसीले उहाँलाई सम्मान प्रदान गर्नु भएको थियो ।

आफुले संचालन गरेको सनबीम मन्टेश्वरी ट्रेनिङ सेन्टरले हालसम्म एक हजार बढि महिलाहरुलाई तीन महिने सीपमुलक तालिम प्रदान गरेको संस्थापक तथा निर्देशक धितालको भनाई छ । यो सम्मानले आफुलाई यस क्षेत्रमा अझ धेरै सेवा गर्ने प्रेरणा मिलेको धितालले बताउनु भयो । महिलाहरुलाई तालिम मार्फत् स्वरोजगार बनाउने ध्येयले २०७२ सालमा ट्रेनिङ सेन्टर खोलेको धितालले बताउनु भयो ।
सो अबसरमा नेपालको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र पर्यटन विकासमा विशेष योगदान पुर्याउँदै आएका विभिन्न विशिष्ट व्यवसायीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ । अध्यक्ष लिम्बुका अनुसार प्रतिष्ठानले स्थापना कालदेखि नै राष्ट्र निर्माणमा सक्रिय भूमिका खेलेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई नियमित रूपमा सम्मान गर्दै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - सरकारले, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन र व्यवस्थापन नियमावली, २०८३ लाई स्वीकृत गरिरहँदा शैक्षिक परामर्श सेवा संचालकहरुले भने नियमावलीमा धेरै कमी...

काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको...

काठमाडौं - डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौंको साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई...

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरूवासम्बन्धी समाचारमा युलेन्स स्कुल र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डाक्टर आरजु राणा देउवाको संलग्नता देखाइएको...

काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...