काठमाडौं - डिल्लीबजार कन्या बहुमुखी क्याम्पस डिल्लीबजार काठमाडौंको साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
२५ सदस्यीय नयाँ सञ्चालक समितिमा कतिपय सदस्यहरु पदेन सदस्यका रुपमा रहनु भएको छ । नयाँ सस्यहरुमा पूर्व सांसद विशाल भट्टराई, पूर्व मन्त्री विक्रम बहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभित उप्रेती, देवी लामा, भरत ढकाल, लोकेन्द्र शाही लगायत चयन हुनु भएको छ ।
वि.सं. २०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ । यस क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, लगायतका विषय र स्नातकोत्तर तहमा अंग्रेजी, समाजशास्त्र विषयमा सेमेष्टर प्रणालीमा अध्ययन अध्यापन भइरहेको छ । त्यस्तै शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहमा ४ बर्षे वीएडमा नेपाली, अंग्रेजी र स्वास्थ्य तथा शारीरिक विषयमा र स्नातकोत्तर तहमा एमएड नेपाली तथा व्यवस्थापन संकाय अन्तर्गत ४ बर्षे वीवीएस र वीवीए र स्नातकोत्तर तह अन्तर्गत एमवीएस तहका कार्यक्रम सञ्चालनमा रहेका छन् ।
क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्राहरलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - सरकारले, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा संचालन र व्यवस्थापन नियमावली, २०८३ लाई स्वीकृत गरिरहँदा शैक्षिक परामर्श सेवा संचालकहरुले भने नियमावलीमा धेरै कमी...

काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको...

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरूवासम्बन्धी समाचारमा युलेन्स स्कुल र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डाक्टर आरजु राणा देउवाको संलग्नता देखाइएको...

काठमाडौं - काठमाडौंको किर्तिपुरमा मन्टेश्वरी तालिम मार्फत् शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दशकदेखि मन्टेश्वरी तालिम केन्द्र संचालन गरिरहेकी दुर्गाकुमारी धिताललाई सम्मान गरिएको छ । लामो समयदेखि...

काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ। कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख...