काठमाडौं-एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ ।
वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७।५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।
खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ र सोमपाल कामी २० बलमा एक चौका प्रहार गरी ११ रन बनाएर खेल्दै छन् ।
भारतका लागि अहिलेसम्म रवीन्द्र जडेजाले तीन, मोहम्मद सिरजाले दुई तथा शार्दूल ठाकुरले एक विकेट लिएका छन् ।
यस्तै भारतविरुद्धको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाएका छन् ।
उनले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गरे । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाए ।
आसिफलाई ५८ रन आउट भए। आसिफ भारतका मोहम्मद सिराजले गरेको २९.५ ओभरमा विराट कोहलीबाट क्याच भएका हुन्।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलोपटकल अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ । जेठ २३ गते शुक्रवार...
नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष...
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...
काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...