काठमाडौं- अन्तर्राष्ट्रिय संग्रहालय परिषद् (आइकम) नेपालको छैठौ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
संग्रहालय क्षेत्रमा काम गर्ने व्यक्तिहरुको संगठनको रुपमा रहेको यो संस्थाले आगामी तीन वर्षका लागि रमेशप्रसाद दवाडीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ ।
१२ जना प्रतिस्पर्धीका वीचबाट निर्वाचन प्रक्रिया मार्फत ९ जनाको नयाँ नेतृत्व छनौट गरिएको हो । निर्वाचित नयाँ नेतृत्वमा अध्यक्ष रमेशप्रसाद दवाडी, सचिव सन्तमान महर्जन र कोषाध्यक्ष ओमप्रकाश घिमिरे रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा राजन जोशी, विजय कुमार शाही, विरेन्द्र महतो, सन्त बहादुर गुरुङ, मीना लामा र पवित्रा थपलिया रहनुभएको छ । ११ सदस्यीय कार्य समितिमा युनेस्को नेपालका प्रतिनिधि र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको नवर्विाचित अध्यक्ष रमेश प्रसाद दवाडीले जानकारी दिनुभयो ।
आइकम नेपाल विगतका वर्ष देखि संग्रहालयको क्षेत्रमा काम गर्दै आए पनि पछिल्लो समयमा सक्रिय बन्न थालेको छ । नेपालमा संग्रहालयको संख्या र अवलोकनकर्ताको चासो बढ्दै गएको तर उक्त अनुपातमा संग्रहालयको व्यवसायिकता बढ्न नसकेकाले यसका लागि आकम नेपालले पहल गर्ने अध्यक्ष दवाडीले बताउनुभयो ।
विश्व संग्रहालय परिषद्को मान्यता प्राप्त आइकम नेपाल विगत लामो समयदेखि नै नेपालमा कार्यरत रहेता पनि यसले संस्थागत रुप लिएको २०७३ साल भदौमा हो । उक्त मितिमा आइकम नेपाल लाई विधिवत रुपमा दर्ता गरी संस्थागत रुप दिइएको थियो । त्यस यता यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संग्रहालयको सचेतना, छलफल, पैरवी तथा अध्ययन लगायतका विभिन्न कामहरु गर्दै आएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ। मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका...
काठमाडौं - धापासी समृद्ध नारी मञ्च र समाज डेन्टल हस्पिटलको संयुक्त आयोजनामा नि:शुल्क दन्त शिविर गरिएको छ । टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय परिसरमा...
नेपालगञ्ज - बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरती गरिएको छ । पाँचौ संस्करणमा पुग्दा महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । डुडुवा गाउँपालिका वार्ड नम्बर ४...
नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले आफुहरुलाई क्षतिपूर्ति तथा राहत सम्बन्धि व्यवस्था र त्यसको प्रकृया नै थाहा नभएको...
काठमाडौं - नेपाल पत्रकार महासंघकाे आसन्न निर्वाचनका लागि दुई टीमले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चाैतारीले निर्मला शर्माकाे नेतृत्वमा र प्रेस सेन्टर र समाजवादी...