• आइतबार, १९ जेठ, २०८२
  • ०३:०३:५७
  • नेपालीको अभिमत

स्वास्थ्य

बालबालिकालाई नियमित खोप लगाउन ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्दै सरकार

नेपालमत

शुक्रबार, १५ बैशाख, २०८०

काठमाडौं- सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ। 

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पाँच वर्ष मुनिका नियमित खोप लगाउन छुटेका बालबालिका लागि लक्षित गरेर ‘बृहत् खोज र खोप अभियान’ सुरु गरेको  जानकारी दिनुभयो। 

पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोही बालबालिका सुरक्षित नहुने हुँदा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पूर्ण खोप लगाउन डा. गौतलमको सुझाव छ। 

डा. गौतमका अनुसार अभियान वैशाख १५ र ३१ गते दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदैछ। 

 डा. गौतमले कुनै पनि नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई सोही समयमा नजिकको स्वास्थ्य संस्थामा गएरखोप लगाउन आग्रह गर्नुभयो।   

त्यसै, छिमेकका कोही बच्चा खोप लगाउन छुटेको भए बुझेर खोप लगाउन समन्यन गरिदिनुहुन उहाँको अनुरोध छ।

सरकारले जन्मेदेखि १५ महिनासम्म सात पटक गरेर १३ प्रकारका संक्रमक रोगविरुद्धको राष्ट्रिय खोप तालिका बनाएर नियमित खोप दिँदै आएको छ। खोप सेवा सरकारी संस्थाहरु, खोप संस्था, खोप केन्द्र र सूचीकृत  निजी  स्वास्थ्य संस्थाहरमा निःशुल्क पाइन्छ। 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, १५ बैशाख, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved