ताजा

  • बुधबार, १ जेठ, २०८२
  • १४:५६:४९
  • नेपालीको अभिमत

मनोरञ्जन

‘चरी’ मार्फत निफको छैटौँ संस्करण सुरू

नेपालमत

शुक्रबार, ३ चैत, २०७९

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण काठमाडौँमा सुरू भएको छ । 

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरुआत कोरिन शर्मा निर्देशित ‘चरी’ मार्फत भयो । 

पैँतीस देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गर्नुभयो । 

“महोत्सवले दुई देशको संस्कृति र पर्यटनलाई टेवा पु¥याउनेछ । हाम्रो चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र एकसाथ हुँदा बन्ने शैलीसँगै विविध पक्षको बारेमा जानकारी आदानप्रदान हुनेमा म विश्वस्त छु”, बोर्ड अध्यक्ष केसीले भन्नुभयो, “नेपाल खुल्ला स्टुडियो झैँ छ । यहाँको सुन्दरतालाई कैद गर्न म अन्तर्राष्ट्रिय चलचित्रकर्मीलाई आग्रह गर्दछु । छायाङ्कनका लागि सहज वातावरण बनाउन म र बोर्ड तत्पर छौँ ।”

महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफ सुरुआत गर्न सफल भएको जानकारी दिनुभयो । “यस किसिमको महोत्सव वा कार्यक्रमलाई नेपाल सरकारले वार्षिक कार्ययोजनामै राखेर सञ्चालन गर्न आग्रह गरेका छौँ । चलचित्रमार्फत देशको संस्कृति अगाडि बढ्ने भएकाले यसलाई महत्त्वपूर्ण रूपमा लिन जरुरी छ”, अध्यक्ष पाठकले भन्नुभयो, “हामीले मूलधारका चलचित्रमार्फत समाजको विकासमा योगदान होस् भन्ने चाहना राखेर यसको सुरुआत गरेका हौँ ।”

उहाँका अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी हुनुहुन्छ । उहाँहरूले विभिन्न चलचित्र हेर्नुका साथै महोत्सवमा हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनुहुनेछ । यही चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको उहाँले जानकारी दिनुभयो । 

सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ, भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरू, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ । भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति : नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्त्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका  : जिम्मेवारी र करिअर जस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सिड्नीमा नेपथ्यको विशाल प्रस्तुति

    सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...

  • नेपालमत

    नारी प्रधान चलचित्र ‘कोशेढुंगा’को निर्माण सुरु

    काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...

  • नेपालमत

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...

  • नेपालमत

    'पहाड' मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे

    निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...

  • नेपालमत

    नेपालगञ्जमा पल शाहको क्रेजमा उर्लिए दर्शक

    नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved