लुम्बिनी- लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख(उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।
मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ । लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनुभएको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ। बिहीबार दिउँसो १० वर्षदेखि नेपाली कांग्रेसको आर्थिक नीति, योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय...
काठमाडौं- नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ। बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको...
काठमाडौं- मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच...
काठमाडौं- सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ। सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बालुवाटार बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताउनुभएको छ । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो...