• मंगलबार, १८ असोज, २०७९
  • ०६:२७:४२
  • नेपालीको अभिमत

खेल

जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखला : भारतले राहुललाई दियो कप्तानीको जिम्मेवारी

एजेन्सी

शुक्रबार, २७ श्रावण, २०७९

भारतले जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि केएल राहुललाई कप्तानीको जिम्मेवारी दिएको छ ।

कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए ।

राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् । 

यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखला ३-० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए । राहुलले  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ पछि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेका छैनन ।

राहुलले सन् २०१६ मा जिम्बाब्वेविरुद्ध आफ्नो खेलजीवनको पहिलो शतक पूरा गरेका थिए ।उनले एक दिवसीय क्रिकेटमा अहिलेसम्म पाँच पटक शतक प्रहार गरिसकेका छन् ।

तीन एक दिवसीय खेलको शृंखलाअन्तर्गतको पहिलो खेल अगस्ट १८ मा हरारेमा हुनेछ ।

एजेन्सी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २७ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved