• मंगलबार, १८ असोज, २०७९
  • ०५:०६:३२
  • नेपालीको अभिमत

मल्टिमिडिया

तिमीलाई देखाउन मिल्ने घर छैन प्रिय !

शीतल भण्डारी

मंगलबार, ३ श्रावण, २०७९

तिमीलाई देखाउन मिल्ने मेरो घर छैन प्रिय 
त्यसैले त मैले तिमीलाई आउ भन्दिन 
तिमीलाई देखाउन मिल्ने मेरो घर छैन प्रिय 
त्यसैले त मैले तिमीलाई आउ भन्दिन 


रहर त कति छन यी आँखामा देख्न सक्छौ 
तर पनि सँगै बसि खाउ भन्दिन
झल्मल्ल हुन्थ्यो होला तिम्रो आगमनले मेरो आगनी 
झल्मल्ल हुन्थ्यो होला तिम्रो आगमनले मेरो आगनी 
माफ गर जानेरै तिमीलाई आउ भन्दिन 
माफ गर जानेरै तिमीलाई आउ भन्दिन 

सम्मान, समर्पण अनि त्याग हो र त प्रेम 
बुझ्छु मुटुमा लाग्ने घाउ भन्दिन
तिमीलाई देखाउन मिल्ने मेरो घर छैन प्रिय 
त्यसैले त मैले तिमीलाई आउ भन्दिन 

अप्ठ्यारो नपार न प्रिय मलाई बोलाउ भनेर 
तिमीलाई थाहा हुनुपर्छ आएपछि मैले जाउ भन्दिन
अप्ठ्यारो नपार न प्रिय मलाई बोलाउ भनेर 
तिमीलाई थाहा हुनुपर्छ आएपछि मैले जाउ भन्दिन

फरक फरक बुझाइ अनि परिभाषा यो मायाको 
मैले जस्तै तिमीले पनि लाउ भन्दिन
तिमीलाई देखाउन मिल्ने मेरो घर छैन प्रिय 
त्यसैले त मैले तिमीलाई आउ भन्दिन 
रहर त कति छन यी आँखामा देख्न सक्छौ 
तर पनि सँगै बसि खाउ भन्दिन


विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष  पुर्‍याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक

 


 

शीतल भण्डारी

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, ३ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • कठै दया लाग्छ तिम्रो सोचाईको स्तर देखेर घरी घरी

    जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो  प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो  खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी  कति गर्छौ दुरुपयोग पद अनि चिनजानको  मानौंं तिमी एक अजम्बरी झैंं गरी  कठै दया लाग्छ तिम्रो सोचाइँको  स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि  कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...

  • सानैमा दुवै खुट्टा गुमे पनि हौसलाको उडानमा जमुना

     अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएकी जमुना सुवेदी गौतम अहिले एग्रो मार्ट (कृषि बजार)को व्यवसायमा लाग्नुभएको छ ।     ललितपुरस्थित सातबाटोमा रहेको भाटभटेनीबाट करिब चार सय मिटर अगाडि सडकको छेउमै छ उहाँको ‘एग्रो मार्ट’ । जहाँ जमुनाको आफ्नै बारीमा फलेकोदेखि जुम्ला, रारा, मुगुका किसानहरूले उत्पादन गरेको दाल, गेडागुडी, जिम्मु, स्याउ, जुनार, एभोकाडो, सिमी, च्याख्ला, पिठो पाइन्छ । साथै;...

  • याद नआएको त चपाएर खुवाएको भुटेको मकै न हो !

    याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो  याद कति आएको हो आमा सफा नभएको कुरा नआएको त चपाएर खुवाएको भुटेको मकै न हो  तिमीले आमा होइनौ भन्दैमा नहुने कसरी हुँला र ? तिमीलाई जन्माउदाको घाउमा खाटा बसेको मात्र न हो  गाली गरेको, भनेको सबै चिज नकिन्दिएको सबै सम्झना छ उस्लाई नसम्झेको त हातमै थापेर फालेको उस्को दिशा मात्र...

  • नेपालमत

    अब मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं : मेयर बालेन

    महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा एक प्रेस विज्ञप्ती जारी गर्नु भएको छ ।  विज्ञप्तीमा भनिएको छ  ''कुनै...

  • ममतामयी आमाका नाममा…

    कापी पेन्सिल बोकेर स्कुल जाने बेलामा भाई बैनी बोकेर स्कुलको झ्याल बाहिरबाटै  चिहाएर मन बुझाउन सक्यौ कसरी ? अहिले खाना खाउन छोरी भन्दै कोठा कोठामा  थाल बोकेर हिड्नुपर्छ भर्खर १६ टेक्दा थाहा पनि नदिई डोलि चढाई पराइ घर  पठाउँदाको पिडा सह्यौ कसरी ? माया, ममता, दया, करुणा के हो ? सायद थाहै भएन होला मात्र कर्तव्य निभाउने नाउँमा झिसमिसे बिहानीबाट अँधेरी रातसम्म  काममा खट्थ्यौ कसरी ? सायद गर्भधारण गर्न योग्य तिम्रो शरीर...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved