काठमाडौं- एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।
मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान दिइन भने अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।
त्यसैगरी बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ तथा इन्दु वर्मा शून्य रनमा आउट भइन् ।
हङकङकी बेट्टी चानले दुई तथा मार्याम बीबी र एलिसा हब्बार्डले समान एक÷एक विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा छ अङ्क जोड्दै प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । उक्त च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि बुधबार फाइनल खेल हुने भएको छ । त्रिभुवन आर्मी र चर्च व्वाईज वीच...
काठमाडौं - नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छानिएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा...