ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १८:५४:२६
  • नेपालीको अभिमत

सोसल फोरम

सांसदहरू मन्त्री हुन नपाउने परिपाटीको वकालत गरौं !

हरि थापा

शनिबार, २८ जेठ, २०७९

केन्द्र अथवा प्रदेशमा कुनै पनि सांसद मन्त्री हुन नपाउने एजेण्डा बोकेर अग्रसर हुन ढिला भइसक्यो । स्वतन्त्र वा कुनै दलले यसमा अग्रसरता लिए हुने ।

पार्टीको एउटा सांसद मन्त्री भएपछि उसले कमाएको, काम गर्न नसकेको, बिचौलिया पोस्दै आफू अकुत कमाउँदै गरेको पक्ष पनि विरोध गर्न नसक्नेहरुको भीड छ । आफ्नै सहकर्मीको विरोध भन्दा बचाउ गर्नुपर्ने बाध्यतामा छन् दलका मान्छेहरु । राम्रो गर्नेलाई खुलेर सहयोग र तारिफको पनि वातावरण छैन ।

सांसद नै मन्त्री हुने प्रणालीले संसद निस्कृय भयो । मन्त्री, संसद र संसदीय समितिहरु प्रति जिम्मेवार भएनन् ।

जनताको सेवा र जिम्मेवारीबोध गर्नबाट चुक्दै गएका सांसदहरुलाई अब जनताले सहने छैनन् । हाइ काढ्दै संसदमा मोबाइलमा घोरिएका वा स्वादहीन प्रस्तुतिमा उत्रेका सांसदहरुबाट आम मानिस बिरक्तिएका छन् । सांसदहरुमा मन्त्री बन्ने लोभ र मन्त्रीहरुको संसदप्रतिको उदासिनताले निराशा चुलिंदैछ ।

संसदमा नभएका तर आफ्नो क्षेत्रका योग्य र विज्ञ सम्मिलित टीम बनाउन प्रधानमन्त्रीलाई स्वतन्त्रता दिने परिपाटी बनाउँ । देशको समृद्धिका लागि, सरकार र संसदको सक्रियताका लागि यो एउटा उपाय हुनसक्छ । राजनीतिक दलहरुले बेलैमा यसबारे नसोच्ने हो भने उनीहरुकै महत्व घट्दै जानेछ ।

https://www.facebook.com/harithapanepal

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    मुशरफ र कटवाल !

    जनरल परभेज मुशरफ र महारथी रुक्माङ्गद कटवालआफ्नो समयका फुर्तिला, महत्वकांक्षी र टाठा सेनापतिको रुपमा चिनिन्छन्। प्राय: सेनापति र जनरलहरु शान्त र अन्तर्मुखी हुन्छन् तर यी जनरलद्वय...

  • नेपालमत

    आखिर बालसुलभ उस्तै त हुँदो रहेछ नि !

    चाबहिलकाे राेटी पकाउने पसलमा म खाजाकाे प्रतिक्षामा थिएँ । राेटी पकाउने दिदी निकै व्यस्त हुनुहुन्थ्यो । त्यति नै बेला तीनजना बाल ग्राहकहरू पसलभित्र पसे । उनीहरू...

  • नेपालमत

    'मैले भोट हालेँ '

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले मतदान गरेको फोटो र मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्दै  लेख्नुभएको छ - गोरखाको पानपा-१ अन्नपूर्ण मावि बूथमा...

  • नेपालमत

    ‘ओलीले बुद्धिजीवीका गर्भेनाडी पनि छामेका छन्’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा बुद्धिजीवीलाई मैले बोलेको त बुझ्ने बुद्धिजीवी थोरै मात्रै छन् कि क्या हो नेपालमा जस्तो लाग्छ । मैले कहाँ...

  • नेपालमत

    मतदानका लागि प्रोत्साहित गरौं, योग्य उम्मेदवारको चर्चा गरौं

    मतदान गर्ने दिन नजिकिंदैछ । नागरिकहरुका लागि यो एउटा उत्सव हो, अवसर हो । हाम्रो मतदानबाट नै जनप्रतिनिधिको छनौट हुनेछ । स्थानीय तहमा हाम्रो जीवन...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal