• शनिबार, १५ बैशाख, २०८१
  • ०४:४१:०३
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

२२ वर्षीय युवक बने गाउँपालिका अध्यक्ष

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं – सर्लाहीमा २२ वर्षीय युवक गाउँपालिका प्रमुख बन्नुभएको छ । जिल्लाको रामनगर गाउँपालिकाको प्रमुखमा २२ वर्षीय युवक राजाबाबु यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिनुभएका यादवले ४ हजार ८१ मत प्राप्त गर्नुभयो । 

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२ मत ल्याउनुभयो । 

रामनगरको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गीता देवी विजयी हुुभएको छ । उहाँले ३ हजार ५२३ ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याउनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved