• शनिबार, १५ बैशाख, २०८१
  • ०७:४५:०५
  • नेपालीको अभिमत

खेल

महिला टि–२० विश्वकप छनोट: नेपाल र यूएई भिड्दै

नेपालमत

आइतबार, १२ मङ्सिर, २०७८

काठमाडौं– आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज यूएईको सामना गर्देछ । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान  ११ः१५ बजे सुरु हुनेछ । 

निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि २० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ ।  नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved