• शनिबार, १५ बैशाख, २०८१
  • ०७:०७:०२
  • नेपालीको अभिमत

खेल

महिला टी–२० विश्वकप छनोट: नेपाल ६ विकेटले पराजित

नेपालमत

सोमबार, ६ मङ्सिर, २०७८

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । 

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सोमबार दिउँसो भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको नोक्सानीमा १०४ रन जोडेको थियो । १०५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

हङकङका लागि मारिको हिलले ४२ रन, केरी चानले १७, नताशा माइल्सले १६ र र इमा लाईले १४ रन बनाउनुभयो । 

नेपालका लागि बिता कुँवर दोस्रो बलमै आउट भएपछि केही तनावमा आएको नेपालका लागि अर्की ओपनर सीता रानामगरले सर्वाधिक ४० रन जोड्नुभयो । इन्दु बर्माले ३७ बलमा नटआउट रहँदै ३१ रन जोड्नुभयो भने काजल श्रेष्ठले ४ रन, रुबिना क्षेत्री २ रन जोड्दै नटआउट हुनुभयो । 

नेपालले दोस्रो खेल मंगलबार भुटानविरुद्ध  खेल्नेछ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved