काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन सकिने बताउनु भएको छ ।
मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन भएको बताउनुभयो ।
उहाँले हिजोका दिनमा राजनीति मूख्य विषय भएको तर अब जनता र समाजको सेवा नै हाम्रो मूख्य लक्ष्य हुनुपर्दछ भन्नेमा जोड दिनुभयो । प्रतिष्ठानले समाजका उपेक्षित वर्ग र क्षेत्रको हित र उत्थानका लागि आगामी दिनमा विशेष कार्यक्रम ल्याएर काम गर्ने विश्वास व्यक्त गर्दै पौडेलले स्वर्गीय मीनकुमारी लगायत उहाँको परिवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रपति पौडेलले मिनकुमारी प्रजातन्त्र सेनानी सम्मान लोकतन्त्रवादी नेता लेखनाथ न्यौपाने, राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र राष्ट्रिय खेलकुद पुरस्कार प्रकाश थापा मगरलाई प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका सल्लाहकार तथा बरिष्ठ पत्रकार हरिहर विरहीले समाजमा असल भावनाका साथ काम गर्नेहरुको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस खालका सम्मानले असल काम गर्नेहरुलाई प्रेरणा मिल्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रतिष्ठानको उद्देश्य र गतिविधिका बारेमा जानकारी दिनु भयो । उहाँले स्वर्गिय आमा मिनकुमारीको व्यक्तित्व र योगदानका बारेमा समेत चर्चा गर्नु भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...