ताजा

  • शुक्रबार, २६ बैशाख, २०८२
  • १२:४०:३७
  • नेपालीको अभिमत

मनोरञ्जन

दिपक बस्नेतको पहिलो गीत “बोली मिठो” सार्वजनिक

नेपालमत

सोमबार, २९ असोज, २०८०

काठमाडौं - दिपक बस्नेतको पहिलो गीत 'बोली मिठो' सार्वजनिक भएको छ ।

मिलन विकको स्वर, शिव अनुरागको संगीत,  दिपक बस्नेतको शब्द रचना रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका छन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका छन् ।

भिडियोमा चर्चित बेली डान्सर बन्दना बेली र दिपक बस्नेतलाई मूख्य भूमिकामा देखाइएको छ । सहायक कलाकारमा ड्रिम डान्स परिवार रहेका छन् ।

'बोली मिठो' गीतमा गाउँको पृष्ठभूमिबाट पढ्न बजार झरेको युवाको किशोर अवस्थालाई उजागर गर्ने  कथा समेटिएको छ । रोहन मगर र भिरन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । 

दिपक बस्नेतले निर्माण गरेको उक्त गीत आफ्नै यूटुब च्यानल अनुदिप क्रियशन मार्फत सार्वजनिक गरिएको हो ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सिड्नीमा नेपथ्यको विशाल प्रस्तुति

    सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...

  • नेपालमत

    नारी प्रधान चलचित्र ‘कोशेढुंगा’को निर्माण सुरु

    काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...

  • नेपालमत

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...

  • नेपालमत

    'पहाड' मार्फत निर्देशनमा फर्किए तुलसी घिमिरे

    निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...

  • नेपालमत

    नेपालगञ्जमा पल शाहको क्रेजमा उर्लिए दर्शक

    नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved