काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू(भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू(भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।
वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा९हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
इलाम- इलामको सुकिलुम्वा विमानस्थलबाट काठमाडौं उडान पुनः सुरु हुने भएको छ । गत जेठ देखि ठप्प रहेको विमानस्थलबाट नेपाल एयरलाइन्सले आगामी असोज ४ गते देखि प्रत्येक...
काठमाडौ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान ...
काठमाडौं – शासन प्रणालीबाट जनता टाढा भएकाले समाजमा निराशा फैलिएको र जनतालाई बाँडेका सपना अनुसारको सेवा प्रवाह हुन नसक्दा राजनीति प्रति पनि वितृष्णा बढेको निष्कर्ष...
काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...
काठमाडौं- सोमबार राति निधन हुनुभएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार (आज) अन्त्येष्टि गरिने भएको छ । नेम्वाङको सोमबार राति निधन भएको थियो । २ दिनसम्म पार्टी...