काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याउनुभएको छ ।
जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि रायसुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । पर्यटनमन्त्रीको सुभेच्छुकबाट सल्लाह, सुझाव र प्रश्नहरु लिन तथा त्यसको जवाफ दिन इ–हुलाकका फेसबुक पेज सञ्चालनमा रहेको छ । उक्त सेवाबाट मन्त्री किरातीले आज सन्देश पठाउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
“नयाँ जिम्मेवारी र चुनौतीमाथि उभिएर फेरि तपाईंहरुलाई पत्र लेख्ने साहस गर्दैछु । तपाईं र मबीच सम्बन्ध जोड्न स्थायी पुलका रुपमा ‘इ–हुलाक सेवा’ सुरु गरिए पनि व्यस्तताका कारण केही समयदेखि सेवा बन्द थियो । त्यसका निम्ति क्षमाप्रार्थी छु साथै आजका मितिदेखि हामीबीचको सम्बन्धलाई ताजा राख्न पुनः यो सेवा सञ्चालनमा ल्याइएको छ, आशा छ, तपाईंहरुको सन्देश सधैँ आइरहनेछ”, पत्रमा भनिएको छ ।
मन्त्री किरातीले हालसम्मका प्राप्त सन्देशले ध्यानाकर्षण गराएको र यस्तै सिर्जनात्मक सल्लाह, सुझाव र खबरदारी नै आफ्नो सबैभन्दा बलियो ऊर्जा र हौसलाको स्रोत बनिरहेको उल्लेख गर्नुभएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...