काठमाडौं- गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ ।
सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गर्नुभएको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढु¬ङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गर्नुभएको छ ।
गायिका थापाले अडियो र श्रव्यदृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।”
सङ्गीतकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उहाँले बताउनुभयो । थापाले भन्नुभयो, “नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हँुदैन । अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।” राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...