काठमाडौं- मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता रहेछन् । संशोधन गर्ने कुरालाई स्वीकृत गरिएको छ । खासगरी ६० वर्षभित्रका व्यक्तिलाई प्रक्रियामा समावेश गर्ने भनिएकोमा दुई, तीन पटकसम्म निवेदन नआएकाले बढाएर यो ६५ वर्ष बनाएका छौँ ।”
यस्तै सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) को तेस्रो चरणको प्रथम ब्याजका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
सञ्चारमन्त्री शर्माले अर्थ मन्त्रालयकै प्रस्तावमा भन्सार महसुल सम्बन्धमा नयाँ विधेयक तर्जुमा गर्न सैद्वान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “भन्सार महसुल सम्बन्धमा नयाँ विधेयक तर्जुम गर्ने बाटो खुलेको छ। यो विधयेक तर्जुमा हुनेछ।”
यसैगरी, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...