काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न 'प्रतिभा डबली' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा उल्लेख गरेर चैत ३० गते भित्र आवेदन बुझाउन आह्वान गरेको छ।
निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न गत साल झै यस वर्ष पनि वार्षिक कार्यक्रम अनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । ।
प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले अनलाइनमार्फत अनलाइन प्रस्ताव पेस गर्न सक्ने छन् भने प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपी समेत अपलोड गर्नुपर्ने छ।
सो अडियो भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामाग्री राख्न नपाइने र नविन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा छनोट हुने निजामती कर्मचारीले प्रतक्ष्य प्रस्तुतीकरण समेत गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...