काठमाडौं- नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् ।
भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा मंगलबार आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्रियामा उहाँहरुले दुवै देशबीच ‘फिनटेक’ मा थप सहकार्यको आवश्यकता औँल्याउनुभयो । दुई देशको स्टार्टअप इकोसिस्टमलाई एकै ठाउँमा ल्याउन इण्डिया–नेपाल स्टार्टअप जडानको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयका बारेमा प्रष्ट पार्दै सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षको तयारी गरिएको बताउनुभयो । उहाँले नेपाल र भारतबीच फिनटेकमा थप सहकार्यका लागि आह्वान गर्दै क्रस बोर्डर भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा आयोजित कार्यक्रम नेपाली र भारतीय स्टार्टअप इकोसिस्टम बीचको जडानलाई बढावा दिनमा केन्द्रित थियो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले वित्तीय समावेशीकरण र स्टार्टअप सक्षम पार्न जन धन, योजना, आधार र मोबाइल नम्बर जस्ता डिजिटल सार्वजनिक वस्तुको महत्व रहेको उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने स्टार्टअप इण्डियाका अनुभवकुमार दासले स्टार्टअप इण्डिया योजनाबारे प्रस्तुति दिनुभएको थियो । स्टार्टअप इन्डिया योजना सन् २०१६ जनवरी १६ देखि सुरु भएको हो । ‘पेनियरबाइ’ का सीइओ आनन्द बजाजले सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।
उद्घाटन सत्रपछिको पहिलो समूह छलफल ई–कमर्स र फिनटेक क्षेत्रमा नेपाल–भारतका अवसरमा केन्द्रित थियो भने दोस्रो प्यानल छलफल नेपाली स्टार्टअपका लागि अवसरमा केन्द्रित थियो । दूतावासले नेपाल–भारत स्टार्टअप जडान प्रवद्र्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्ने जनाएको छ । साथै शैक्षिक संस्था, स्टार्टअप, लगानीकर्तालगायत नेपालका सबै सरोकारवालालाई स्टार्टअप इण्डियामार्फत भारतीय स्टार्टअप र इन्क्युबेटरमा पुग्न प्रोत्साहित गर्ने प्रतिबद्धता गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - शिक्षाका सवालमा मिडिया क्षेत्रबाट काम गर्दै आएको शिक्षा पत्रकार समूह २७औँ वर्षमा प्रवेश गरेको छ । समूहले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।...
2026-01-15-09-32-57.jpeg)
काठमाडौं - पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका विषयक अन्तरक्रिया गरिएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार भएको कार्यक्रममा रेडियो तथा टेलिभिजनका समाचार प्रमुखहरूले पत्रकार...

सुर्खेत - बालबिबाहबिरुद्धको प्रादेशिक रणनीतिक योजना २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा सरोकारवालाहरू वीच सुर्खेतको वीरेन्द्रनगरमा प्यानल छलफल गरिएको छ । सामाजिक मन्त्रालयको समन्वय र युनिसेफ तथा...

नेपालगन्ज - नेपाली सेनाले नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई सम्मान गरेको छ । सेनाको केन्द्रीय जनसम्पर्क तथा सूचना निर्देशनालयले नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउन एफएमले...

काठमाडौं - नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरिएको छ । समुदायका लागि सञ्चार अभियान...