ताजा

  • शुक्रबार, ३० असोज, २०८३
  • १५:०२:३६
  • नेपालीको अभिमत

समाचार / विविध

बालविवाहबिरुद्धको प्रादेशिक रणनीतिक योजना कार्यान्वयनका विषयमा सुर्खेतमा छलफल

नेपालमत

बिहीबार, ३ पौष, २०८२

सुर्खेत - बालबिबाहबिरुद्धको प्रादेशिक रणनीतिक योजना २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा सरोकारवालाहरू वीच सुर्खेतको वीरेन्द्रनगरमा प्यानल छलफल गरिएको छ । 

सामाजिक मन्त्रालयको समन्वय र युनिसेफ तथा एइआइएनको सहयोगमा सोसेक नेपालले यस्तो छलफल चलाएको हो । 

बालबिबाहबिरुद्धको प्रादेशिक रणनीतिक योजनालाई कर्णाली प्रदेशमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।

छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री राजिब बिक्रम शाह र सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो । यस्तै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक माधबप्रसाद श्रेष्ठ, बाल बिबाहबिरुद्धको साझा अभियान सन्जाल कर्णाली प्रदेशका अध्यक्ष पबित्रा शाही, अधिवक्ता गीता कोइरालाले बालबिवाहबिरुद्धको प्रादेशिक रणनीतिक योजनालाई प्रभावकारी बनाउने सम्बन्धमा प्यानलमा धारणा राख्नु भएको थियो । 

छलफलमा प्रदेश बाल संजाल, नगर बाल संजाल, बाल क्लव, नागरिक समाजका प्रतिनिधि लगायतका जिज्ञासाहरुको सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले यो रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनकै लागि बालअधिकारका क्षेत्रमा बिभिन्न कार्यक्रममा बजेट छुट्याइएको जानकारी दिनु भयो।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री राजिब बिक्रम शाहले सामाजिक मन्त्रालय लगायत सरोकारवालाहरु संगको समन्वय र साझेदारीमा आवश्यकतामा आधारित कामहरु भैरहेको वताउनु भयो । 

यस्तै प्रहरी नायव महानिरीक्षक माधब श्रेष्ठले बालबालिकालाई दीर्घकालिन ब्यबस्थापन गर्न स्रोत साधनको अभावका कारण  चुनौती रहेको बताउनु भयो। 

कार्यक्रम सोसेक नेपालका माया अधिकारीले सन्चालन गरेको कार्यक्रममा बालअधिकार अभियन्ता टेकराज आचार्यले सहजीकरण गर्नु भएको थियो । यस्तै रणनीतिक योजनाका बारेमा अभियन्ता शर्मिला बिसीले प्रस्तुतीकरण गर्नु भएको थियो । 

कार्यक्रममा बालबिबाह न्युनिकरणका लागि सबैले आफ्नो भुमिका र जिम्मेवारी पुरा गर्न सके बालबिबाह घट्ने र बालबालिकाको अधिकार सुनिश्चित हुन सक्ने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनु भयो । छलफलमा सरोकारवालाको भुमिकाको समीक्षा गर्ने र रणनीतिक योजनालाई उपलब्धिमुलक बनाउने उद्देश्यले छलफल गरिएको समेत उहाँले बताउनु भयो।

सोसेक नेपालद्धारा कार्यान्वयन भइरहेको बिहानी र बालिका सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा ८५ जना सरोकारवालाहरूको सहभागिता थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2026 कृष्णसार मल्टिमिडिया. All Rights Reserved