काठमाडौं - शिक्षाका सवालमा मिडिया क्षेत्रबाट काम गर्दै आएको शिक्षा पत्रकार समूह २७औँ वर्षमा प्रवेश गरेको छ ।
समूहले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । सो अबसरमा अध्यक्ष निर्जला कक्षपतिले समूहका उद्देश्यलाई परिपूर्ति गर्न थप सक्रिय र एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
समूहका पूर्व अध्यक्षहरू नारायण अमृत, प्रकाश सिलवाल र तुला अधिकारीले संस्थाको स्थापना दिवसमा शुभकामना दिँदै आफ्नो उद्देश्यमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । विसं २०५६ मा पत्रकार राजन शर्माको नेतृत्वमा स्थापना भएको समूहमा हाल करिब ५० सदस्य आबद्ध रहेका छन् भने समूहको प्रदेशगत सञ्जाल पनि छ ।
समूहले स्थापना दिवसका अबसरमा हरेक २ वर्षमा आयोजना गर्ने सम्मान–पुरस्कार वितरण कार्यक्रम यसपाली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पछि सारिएको जानकारी दिइन् ।
.jpg)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
2026-01-15-09-32-57.jpeg)
काठमाडौं - पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका विषयक अन्तरक्रिया गरिएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार भएको कार्यक्रममा रेडियो तथा टेलिभिजनका समाचार प्रमुखहरूले पत्रकार...

सुर्खेत - बालबिबाहबिरुद्धको प्रादेशिक रणनीतिक योजना २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा सरोकारवालाहरू वीच सुर्खेतको वीरेन्द्रनगरमा प्यानल छलफल गरिएको छ । सामाजिक मन्त्रालयको समन्वय र युनिसेफ तथा...

नेपालगन्ज - नेपाली सेनाले नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई सम्मान गरेको छ । सेनाको केन्द्रीय जनसम्पर्क तथा सूचना निर्देशनालयले नागरिक–सैनिक सम्बन्ध सुदृढ बनाउन एफएमले...

काठमाडौं - नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई ‘लैंगिक समानता र सामाजिक समावेशिता पुरस्कार २०८२’ (जेसी च्याम्पियन मिडिया) प्रदान गरिएको छ । समुदायका लागि सञ्चार अभियान...

काठमाडौं - नेपाल भारत विकास मञ्चद्वारा राजधानीमा आयोजित “दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र...