काठमाडौं- नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ ।
मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ ।
टेलिकमले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको सङ्ख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावले असजिलोपन व्यहोर्नुप¥यो, यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’ सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ ।
साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहक महानुभावमा अनुरोधसमेत गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो...
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौँ - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रू हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न...
‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाको विषयमा...
काठमाडौं - पछिल्लो समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले शनिबार काठमाडौँमा...