• बुधबार, १४ मङ्सिर, २०७९
  • १२:३६:२८
  • नेपालीको अभिमत

खेल

इंग्ल्यान्डले हात पार्यो पाकिस्तानविरुद्धको टी-२० शृंखला

एजेन्सी

सोमबार, १७ असोज, २०७९

घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४-३ ले जितेको छ ।

आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।

इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved