काठमाडौं- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवमा देशविदेशका २३ नाटक मञ्चन हुनेछन् ।
महोत्सवमा आवेदन परेकामध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटक छनोट भएका छन् ।
महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् ।
महोत्सव निर्देशक तथा मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले भारत, उरुग्वे, कम्बोडियाआदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने बताउनु भयो । उहाँका अनुसार महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।
महोत्सवकी संयोजक विजया कार्कीले ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको ‘नाटक लेखन परियोजना २०२२’ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिनु भयो । मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताउनु भयो । उहाँले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवको आवश्यकता औंल्याउनु भयो ।
महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानकालागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - कालीभक्त पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानको ३४...

काठमाडौं - डा.भोला रिजाल प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ सँगै लोकप्रिय सर्जक पनि हुन् । उनी गीत लेखन, गायन, सिनेमा निर्माण लगायत सिर्जनशील कार्यमा झण्डै ६ दशकदेखि कृयाशील...

काठमाडौं - रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र...
2026-01-27-07-54-44.jpeg)
काठमाडौँ - नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६...

काठमाडौं - महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ ग्रन्थको लोकार्पण गर्नुभएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा. त्रिपाठीले भन्नुभयो...