काठमाडौं - महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले प्रा.डा.दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ ग्रन्थको लोकार्पण गर्नुभएको छ ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि डा. त्रिपाठीले भन्नुभयो - ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नुभएको छ ।’
समारोहमा लेखक श्रेष्ठले भन्नुभयो - ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’
नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले- ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्नेछ’ भन्नु भयो ।
समारोहमा कथाकार इन्दिरा प्रसाईले ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भन्नुभयो ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा. डा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट कृतिबारे प्रकाश पारिएको थियो ।
समारोहमा काठमाडौं महानगरपालिका ३१ वडाका अध्यक्ष तथा समाजसेवी सरोज ढकालले ‘नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनुहुन्थ्यो । उहाँको सम्मानमा काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरामार्ग’ नामकरण गरिएको’ जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुनुहुन्छ । उहाँले छत्तीस वर्ष प्राध्यापन गर्नुभएको थियो । उहाँका तीसवटा कृति प्रकाशित भइसकेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

काठमाडौं - कालीभक्त पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूर प्रश्चिममा प्रख्यात देउडाका सम्राट नन्दकृष्ण जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानको ३४...

काठमाडौं - डा.भोला रिजाल प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ सँगै लोकप्रिय सर्जक पनि हुन् । उनी गीत लेखन, गायन, सिनेमा निर्माण लगायत सिर्जनशील कार्यमा झण्डै ६ दशकदेखि कृयाशील...

काठमाडौं - रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र...
2026-01-27-07-54-44.jpeg)
काठमाडौँ - नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६...

काठमाडौँ - गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले...