• शुक्रबार, १४ बैशाख, २०८१
  • २३:४२:५६
  • नेपालीको अभिमत

अपराध

भारतमा २ नेपाली चेलीको सामूहिक बलत्कार गरि लुटपाट

नेपालमत

सोमबार, १३ असार, २०७९

दाङ–भारतको मनिकापुरमा हाटबजार हिँडेका नेपाली चेलीको भारतमा बलात्कृत भएका छन् । 

दाङ राजपुर गाउँपालिका–६ कैरवानाका चेलीहरू बलात्कारसँगै लुटपाटमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार दिउँसो भारतको मनिकापुरमा लाग्ने हाटबजार हिँडेका ६ नेपाली किशोरीमध्ये २ जना सामूहिक बलात्कृत भएका हुन् ।

आइतबार दिउँसो हाटबजार हिँडेका ६ जना नेपाली किशोरीमध्ये भारतको जंगलमा २ जना माथि सामुहिक बलात्कार र ४ जना लुटपाटमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

घटनापछि पीडितका आफन्त र स्थानीयहरुले उनीहरुको उद्धार गरेका छन् । 

घटनापछि स्थानीयले भारतको हरैया थानामा उजुरी दिए थिए । उजुरी पछि घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले चारजना पक्राउ गरेको उनको भनाइ छ । पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया थालनी गरिसकेको जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved