• बिहीबार, २७ बैशाख, २०८१
  • ०२:०५:३१
  • नेपालीको अभिमत

मनोरञ्जन / साहित्य

मलाई बुद्ध चाहिएको छ

मनऋषि धिताल

सोमबार, २ जेठ, २०७९

मलाई शुद्ध बुद्ध चाहिएको छ 
सास फेर्न गारो भएको यो वेला 
शरीरभित्र  हावा शुद्ध चाहिएको छ  ।

हेर्दाहेर्दै समय क्रुद्ध भएका वेला
तेस्रो आँखा भएको बुद्ध चाहिएको छ
मनको ज्योति चलायमान राख्दै
तनको राजमार्ग अवरुद्ध चाहिएको छ ।

आविष्कार नयाँ चाहिएको छ
हतियार नयाँ चाहिएको छ 
पुराना चिन्तनहरू पखाल्ने 
पानी नयाँ चाहिएको छ
शुद्ध पानी पत्ता लगाउने
हिमालयकै बुद्ध चाहिएको छ ।

अस्तित्व अन्देखा कोशाम्शले सिध्याउने  वेला
वस्तीहरू अन्जान लसपसमै रित्याउने वेला
ठूलठूला मिशाइल किन चाहिएको छ ?
ए पुराना बुद्ध फेरि आउ अहिले 
पुराना मिशाइल दफ्नाउने
अर्को मसानघाट चाहिएको छ

शीरमा सिद्धार्थ चाहिएको छ
मानवतालाई पराजित गर्ने
पुरुषार्थ चाहिएको छैन
ॐकार चाहिएको छ 
अहंकार चाहिएको छैन 
साथी चाहिएको छ 
शासक चाहिएको छैन ।

मलाई मान्छे भइरहन 
अहिले भगवान् चाहिएको छैन ।
दुई आँखा दुई कान र एक मन भएको 
मेरै शुद्ध बुद्ध चाहिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved