नेपालगञ्ज - चिसो बढेको छ । कोरोनोका उस्तै जगजगी छ । यस्तो बेला सरकारले सामाजिक सुरक्षा अन्र्तगत प्रदान गर्ने वृद्धभत्ता लिन कैयौं जेष्ठ नागरिकहरुलाई समस्या परेको छ ।
तर, बाँकेको डुडुवा गाउँपालिकाले भने जेष्ठ नागरिक सम्मान कार्यक्रम चलाएर यस्तो भत्ता बुझ्न सहज बनाउँदै उनीहरुलाई न्यानो सामाग्री वितरण समेत गरिरहेको पाइएको छ ।
मंगलबारको वितरण कार्यक्रममा भने अलि फरक दृष्य देखियो । आफै विरामी भएर औषधी लिइ रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी हातमा सुइबाट औषधी लाउने क्यानोला सहित कार्यक्रममा सहभागि भएर वृद्धवद्धाहरुलाई चिसोबाट बच्ने सामग्री वितरण गर्न पुग्नु भएको थियो ।
गाउँपालिकाले वार्ड नं. १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो ब्लाङ्केट, च्यावनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
गाउँपालिकाले गाउँ टोलबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत तोकिएको ठाउँमा घरबाटै ल्याउने र पुर्याइदिने व्यवस्था गरेको छ । नेपालगन्जको ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई/दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो त्रैमासिक साउनदेखि पुससम्मको भत्ता वितरण गरिरहेको छ ।
बैंकबाट भत्ता बुझेका जेष्ठ नागरिकहरुलाई एक/एक थान ब्लाङ्केट र च्यावनप्राश थमाउँदै घरैसम्म पुर्याउने गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । उहाँले अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने गरी प्रयास गरिएको र जेष्ठ आमाबुवालाई उत्साह दिन आफु औषधी लिइरहेका बेला पनि सहभागि भएको बताउनुभयो ।
गाउँपालिकाका ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि २ हजार ७ सय २८ जनालाई ब्लाङ्केट र च्यावनप्राश वितरण गर्ने कार्य जारी रहेको वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।
विहीबारसम्म एक हजार एक सय जनालाई न्यानो सामग्री वितरण गरिएको र यस कार्यमा गाउँपालिकाका कर्मचारी, शिक्षक लगायतका सहयोगीहरु खटिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
दमौली- अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ । सोमबार...
पाल्पा- रैनदेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति...
गण्डकी- गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि...
काठमाडौं- सर्वोच्च अदालतले संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम...