• शुक्रबार, १४ बैशाख, २०८१
  • १९:३२:०२
  • नेपालीको अभिमत

अपराध

भन्सार छलेर ल्याइएको ५० लाखको सामानसहित एकजना पक्राउ

नेपालमत

बिहीबार, ६ माघ, २०७८

फाइल फोटो

पर्सा-प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामानसहित  ५० लाखमूल्य बराबरको मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिएको हो ।  

ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।  

नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved