• शनिबार, १५ बैशाख, २०८१
  • ०४:२६:१२
  • नेपालीको अभिमत

खेतीकिसानी

माछापुच्छ्रे गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

नेपालमत

मंगलबार, ४ माघ, २०७८

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । 

उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र रहेका छवटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । 

सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन् । सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ । 

मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दूध बिक्री हुने शाखाको तथ्याङ्क छ । यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दूध बिक्री हुने गरेको बताइन्छ ।  हालसम्म  गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved