• शुक्रबार, १४ बैशाख, २०८१
  • ०५:४६:०३
  • नेपालीको अभिमत

खेतीकिसानी

सिगाटोका रोगका कारण साढे २ सय बिघामा लगाइएको केराखेतीमा क्षति

नेपालमत

आइतबार, १२ मङ्सिर, २०७८

नवलपरासी– सिगाटोका रोगले केरामा क्षति पु¥याउन थालेपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का केरा उत्पादक कृषक चिन्तित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रस्थित केराको पकेट क्षेत्रका रुपमा चिनिएको प्रतापपुर र सुस्ता गाउँपालिकामा कृषकले लगाएको केराखेतीमा सिगाटोका रोगको प्रकोप देखिएको हो । 

भारतबाट आयात हुने सस्तो केराका कारण आफूहरूले उत्पादन गरेका केरा बिक्री नभएर चिन्ता बढिरहेका बेलमा सिगाटोका रोगले केरा नष्ट हुन थालेपछि  कृषक थप मर्कामा परेका हुन् । रोगका कारण साढे २०० बिघाभन्दा बढी जमिनमा लगाइएको केरामा क्षति पुगेको छ । 

रोगको प्रकोपले केरामा क्षति पुगेपछि लुम्बिनी प्रदेशकी कृषिमन्त्री सुमन शर्मा रायमाझीले स्थलगत निरीक्षण गर्नुभएको छ भने कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, कृषि विकास निर्देशनालय, नार्क र केरा उत्पादक सङ्घको संयुक्त टोली अहिले प्राविधिकसहित रोगको व्यवस्थापनमा लागेको छ । 

अहिले कृषको खेतमै पुगेर रोगबाट भएको क्षतिको विवरण सङ्कलन र कृषकलाई ढुशीनासक विषादी निःशुल्क वितरण गर्नाका साथै  रोग नियन्त्रणको काम भइरहेको कृषि ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । 

केराको पात डढेको जस्तो देखिने, विस्तारै अरु पातमा सर्र्र्दै जाने, तयार भएको केरालाई क्षति गर्ने लक्षण देखिएपछि नमूना सङ्कलन गरी कृषि अनुसन्धान केन्द्र र गहुँँ अनुसन्धान कार्यक्रममा परीक्षणका लागि पठाइएकामा सिगाटोका रोग पुष्टि भएको कृषि विकास निर्देशनालयले जनाएको छ । 

केराखेतीमा प्रतिबोटको लागत खर्च रु २९० देखि रु ३०० सम्म हुने गरेको छ भने प्रतिकट्ठा १०० देखि १२० बोट लगाउने गरिएको छ । यसले गर्दा सरकारले तोकेको व्यवस्थानुसार बिमा गर्दा कृषकलाई लाभभन्दा घाटा हुने भएकाले बिमा गर्न कठिनाइ भएको कृषकको गुनासो रहेकाे छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved