• शुक्रबार, १४ बैशाख, २०८१
  • १८:०८:५३
  • नेपालीको अभिमत

अपराध

२ लाख घूस लिएको आरोपमा सब इन्जीनियरमाथि मुद्दा  

नेपालमत

सोमबार, ६ मङ्सिर, २०७८

काठमाडौं- २ लाख रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका १ सब इन्जीनियरमाथि मुद्दा दायर गरेको छ ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जीनियर दिपेन्द्रकुमार केसीविरुद्ध अख्तियारले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जीनियर केसीले कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगको टोलीले सब इन्जीनियर केसीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।

सबइन्जीनियर  केसीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार बिगो २ लाख कायम गरी जरिवाना र कैद सजाय माग गरिएको आयोगले सोमबार विज्ञप्ति जारी गरी जनाएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved