• बुधबार, २६ बैशाख, २०८१
  • ०८:५३:३१
  • नेपालीको अभिमत

अभिमत

डिजिटल समाजमा ‘भाइरल’को कालो बादल

हिरा श्रेष्ठ

शुक्रबार, २५ भदौ, २०७८

डिजिटल समाज र यसको प्रभाव

संसारभरि तहल्का मच्चाएको कोरोना भाइरसको कहरले जति जनाको ज्यान लिए पनि, लकडाउनले जतिसुकै घरभित्र बन्द गरेर राखे पनि हामी मानव समाजभन्दा बाहिर हुन सक्दैनौं अहिलेको समाज सोसल मिडिया र डिजिटल जीवनशैलीले घेरिएको समाज हो

अहिले टिकटक, फेसबुक, ट्वीटर, इस्टाग्राम, भाइबर, गुगल, युट्युब, पब्जी, इमेल थाहा छैन भने ऊ यो नयाँ पुस्ताको समाजबाट निकै टाढा छ भनेर बुझे हुन्छ अहिले हामी अघोषित रूपमा ‘डिजिटल लाइफ’ मात्र होइन ‘डिजिटल समाज’मा पनि छौं यो समाजमा पकड युवा वर्गको रहेको छ

हिजो कुनै वेला नारीलाई घरभित्रै बस्नुपर्छ, घुम्टो ओढेर बस्नुपर्छ, सार्वजनिक ठाउँमा जहाँ पायो त्यहाँ जानुहुन्न भन्ने समाज थियो शिक्षाको क्रान्तिसँगै के पुरुष, के नारी, के दलित, के पिछडिएका वर्ग, के अल्पसंख्यक ती सबैले शिक्षा प्राप्त गर्दै गए । जागिर गर्ने, व्यापार गर्ने, घुम्ने, पिकनिक गर्ने स्वतन्त्र समाजको विकास हुँदै गयो । एकात्मक परिवार र जातीय व्यवस्थालाई अधिनायकवाद, जातिवाद र निरङ्कुश भनी खुला अर्थ व्यवस्था हुने प्रजातन्त्र अथवा सबै मानिसको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भन्ने साम्यवादी जनवादभन्दा माथि अहिले अन्तर्राष्ट्रिय संस्कृति व्यापार, ग्लोबल भिलेज, विश्व भ्रमण, ह्युमिनिटी, फ्रील्यान्सर, इन्डिपेन्डेन्ट लाइफ शैलीका समाज देखिएकछन्

कुनै वेला कुनै केटी मान्छेको २/३ जना पुरुष साथी छन् भन्यो भने मात्र पनि विवाह कसले गर्ला भन्ने समय थियो । अहिले ‘एक्स ब्वायफ्रेन्ड’को कुरा गरेन भने ‘कन्जरभेटिभ’को ट्याग लाग्ला कि भनेर सोच्ने वेला आएको छ विगत १५ वर्षयता इन्टरनेट, मोबाइल, भिडियो गेममा हुर्केका अनि स्कू, कलेज र घर मात्र आउने–जाने भएका युवा पुस्तामा व्यक्तिगत स्वतन्त्रता हाबी देखिन्छ भने गाउँघरको चौतारीमा बसेर तास, लुडो, क्यारम बोर्डमा हुर्केका अघिल्लो पुस्ता जो सांस्कृतिक चाडपर्वमा आ-आफ्नो समुदाय र टोलमा जिउँदाको जन्ती अनि मर्दाको मलामी भनेर हुर्किए, उनीहरू पछिल्लो पिंढीभन्दा निकै परिवर्तित छन्

अचेल टिकटक, फेसबुक सबैतिर भाइरल हुने फेसन नै चलेको छ लाइभ आउँदा जोसँग पनि बोल्न र कुरा गर्न पाउने ! चित्त बुझे बोल्ने, मनलाग्दी लेख्ने, मन नपरे ब्लक गर्ने, क्या मज्जा ! कहीं कतै केही भयो, भिडियो हालिदिने, पोस्ट गर्ने तर त्यो सबै डिजिटल हुने ! व्यवहारमा कहिल्यै काम नगरेको होस् तर भिडियोमा काम गरेको राखिदिने ! अनि अचेल सबैलाई नाच्नुपर्ने ! सबै कलाकार, सबै गीतकार ! आहा, कति स्वतन्त्रता ! मैले फलानाको भिडियोमा यस्तो लेखें, लाइभमा यस्तो गरें, म यति भाइरल, क्या मज्जा आयो !

उहिले हजुरबा, हजुरआमाको जमानामा गरगहना, सारी, लुगाफाटो देखाउन विवाह, पूजाआजा, चाडपर्व आदि कुर्नुपर्थ्यो भने अहिले टिकटक, फेसबुक, इन्स्टाग्राममा राखेको देखिन्छ । समय परिवर्तनशील छ । शायद भोलि यो भन्दा अर्को प्रविधिले जीवनशैलीलाई अझ अर्कैतिर मोड्न पनि सक्छ !

मानिस र समाजको सम्बन्ध

मानिसलाई सामाजिक प्राणी उसै भनिएको होइन । मानिसलाई साथीभाइ, परिवार, इस्टमित्र, घनिष्ट मित्र, हाइ–हेल्लोवाला मित्र, काम लाग्ने साथी, त्यो पनि फरक–फरक समय र अवस्थामा फरक–फरकखाले काम लाग्ने साथीसंगी चाहिन्छ कुनै समस्या परेमा एक्लै समाधान गर्न सकिन्नँ । परिवारबाट मात्र पनि नहुन सक्छ । त्यसैले; जटिलखाले सामाजिक, राजनीतिक, आर्थिक मुद्दाहरू समाजबाटै समाधान हुन्छन्  केही गलत गर्‍यो समाजमा कसरी मुख देखाउने ! र, केही राम्रो गर्‍यो भने समाजले राम्रो ठान्छ; इज्जत गर्छ भनेर गर्व गर्नु यी सबै सामाजिक बन्धन हुन् इज्जत, प्रतिष्ठा, समृद्धि, मान–सम्मान, राम्रो बन्नुपर्ने, सभ्य बन्नुपर्ने लगायतका तत्त्वहरू समाजका गहना हुन्

कोही मानिस कति सामाजिक छ भन्नको लागि ऊ आफू बसेको समाजसँग कत्तिको घुलमिल छ, व्यक्तिगत स्वभाव कत्तिको मिजासिलो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ मानिसको स्वभाव अन्तर्मुखी र बहुमुखी हुन्छ । कोही सृजनशील हुन्छन् भने कोही शान्त अनि कोही उद्दण्ड पनि हुन्छन् सबैसँग सहयोगको भावना राख्ने, समूहमा बस्ने अथवा एकल जीवनशैली मन पराउने थरीथरी स्वभावका मानिसहरू हुन्छन्

सामान्यतया युवावस्था भनेको सिक्ने र बुझ्ने वेला हो । हामीले जस्तो दिशानिर्देश दिन सक्छौं, जस्तो वातावरण तयार गर्न सक्छौं उनीरूको जीवनशैली र काम गर्ने क्षमता पनि त्यस्तै हुन्छ प्राय: युवा पुस्तामा ‘मपाईं’ मानसिकता देखिनुलाई सामान्य मान्न सकिन्छ किनकि यो उमेर नै त्यस्तै हो । तर, यो मानसिकता प्रौढ अनि वृद्धावस्थामा पनि देखिन्छ भने अस्वाभािहो यस्तो कुरा समाजमा अपाच्य हुन सक्छ तसर्थ; यस्ता कुराबाट छुटकारा पाउन युवावस्थामा नै सही दिशानिर्देश र उचित वातावरण दिइनुपर्छ ।

उहिले डिजिटल समाज नहुँदा यस्तो ‘मपाईं’ गर्नेलाई छर–छिमेक र साथीभाइले भेला, चाड-पर्व र जात्राहरूमा एक्लै पारिदिन्थे । संयुक्त परिवार हुने भएकोले घरका अन्य सदस्यले तिमीले यस्तो गर्नुपर्छ, किन त्यस्तो गलत गरेको भनेर सम्झाउने/बुझाउने चलन थियो  बच्चालाई तह लगाउन र सिकाउन आफ्नो नातेदारकोमा पठाउने, अर्म-पर्मको काममा पठाउने, सामूहिक भोज–भतेर अनि मन्दिरमा परिवारसहित जाने चलन थियो । त्यो एक प्रकारले हेर्दा सामान्य तर व्यावहारिक नैतिक शिक्षाको विशेष सिकाइ हुने गर्थ्यो समाजशास्त्री इमाइल दुर्खिमले व्याख्या गरेझैं त्यो मेकानिकल सोलिडारिटी थियो जहाँ सोसल बन्ड अर्थात् सामाजिक बन्धन थियो । समाजशास्त्री त्रविस हिर्चीले भनेझैं मानिस–मानिसका बीच एक प्रकारको भावनात्मक सम्बन्ध र धेरै कुराहरूको समान आस्था अनि विश्वास हुनेगर्थ्यो

कुनै वेला कुनै केटी मान्छेको २/३ जना पुरुष साथी छन् भन्यो भने मात्र पनि विवाह कसले गर्ला भन्ने समय थियो । अहिले ‘एक्स ब्वायफ्रेन्ड’को कुरा गरेन भने ‘कन्जरभेटिभ’को ट्याग लाग्ला कि भनेर सोच्ने वेला आएको छ

अहिले डिजिटल समाज तथा एकल परिवारमा हुर्केका बच्चाहरूमा एकलकाँटे (‘मपाईं’) प्रवृत्ति हाबी भएको छ यसको कारण हो– डिजिटल लाइफमा रमाउने, खेल्ने, डिजिटल साथीसंगीको लाइक, लभ रियाक्ट र कमेन्टमै खुशी हुने जर्ज सिमलले व्याख्या गरेझैं ‘ब्लाजे एटिट्युड’को चरम विन्दुमा पुग्दा मानिस वस्तु (Object) मा यसरी भिजेको हुन्छ कि रुँदा, हाँस्दा, रिस, माया, इर्ष्या लगायतका व्यवहारहरू वस्तुमाथि देखाउने गर्दछ । अहिले त्यो वस्तु इन्टरनेटको एप्स, गेम, मोबाइल, कम्प्युटर, गाडी, खेलौना हुन खोजेको देखिन्छ यस्तोमा साथी पनि सोसल मिडियाबाट, आफन्त पनि सोसल मिडियाबाट, सम्बन्ध पनि सोसल मिडियाबाट र अझ केहीको त विवाह पनि सोसल मिडियाबाट भएको छ

यसरी सम्बन्धमा आउने पनि वस्तुझैं भएको छ । वस्तुले विपरीत प्रतिक्रिया गर्दैन तर डिजिटल समाजको अर्को पात्र पनि मानव नै हो उसले प्रतिक्रिया गर्छ यो हामी सबैले बुझ्न जरुरी छ मुख्यत: ठूलो शहरी संस्कृति र व्यस्त आमाबुवाका सन्तानमा देखिने यो प्रवृत्ति इन्टरनेटको माध्यमबाट घर–गाउँ र गृहिणीसम्म पुगेको छ डिजिटल समाजमा यिनीहरूलाई कसैले केही भन्न नसक्ने देखिन्छ । सोध्न र सम्झाउन अघिल्लो पुस्ता सक्षम देखिन्न किनभने यो पुस्ता डिजिटल समाजमा खासै पुग्न सकेको छैन

सोसल मिडियाको असर र सामाजिक जिम्मेवारी

मानिस धेरै समय सोसल मिडियामा रमाएर बस्दा उसको साथी भनेको नै पब्जी खेल्ने साथी, लाइक/कमेन्ट गर्ने साथी, लभ रियाक्ट गर्ने साथी अनि चित्त बुझे च्याट र नबुझे ब्लक गर्ने डिजिटल साथी नै हुन् यस्तोखालको जीवनशैली भएको छ म कस्तो छु, कत्तिको राम्रो वा राम्री अनि सुहाएको छ भनेर बुझ्नलाई टिकटकमा भिडियो हालेर, फेसबुकमा पोस्ट गरेर स्वमूल्यांकन गर्ने जीवनशैली बढेको छ मैले केही बिगारे मलाई कसले के गर्छ, यो मेरो लाइफ हो भन्ने बुझाइ छ कुनै युवायुवतीले फलानाको कति कमेन्ट, फलानाको कति लाइक भनेर आफ्नो साथी कुन लेवलको छ भनेर मूल्यांकन गरी साथी बनाउने गरेको पाइएको छ

अचेल टिकटक, फेसबुक सबैतिर भाइरल हुने फेसन नै चलेको छ लाइभ आउँदा जोसँग पनि बोल्न र कुरा गर्न पाउने ! चित्त बुझे बोल्ने, मनलाग्दी लेख्ने, मन नपरे ब्लक गर्ने, क्या मज्जा ! कहीं कतै केही भयो, भिडियो हालिदिने, पोस्ट गर्ने तर त्यो सबै डिजिटल हुने ! व्यवहारमा कहिल्यै काम नगरेको होस् तर भिडियोमा काम गरेको राखिदिने ! अनि अचेल सबैलाई नाच्नुपर्ने ! सबै कलाकार, सबै गीतकार ! आहा, कति स्वतन्त्रता ! मैले फलानाको भिडियोमा यस्तो लेखें, लाइभमा यस्तो गरें, म यति भाइरल, क्या मज्जा आयो !

वल्लो घर र पल्लो घरमा कसैलाई केही भयो– दयाट इज नट माइ प्रब्लम

सरकार भनेको के हो– पोलिटिक्स इज डर्टी गेम

फलानाले यस्तो गर्नुपर्ने त्यस्तो हुनुपर्ने– दयाट इज नन अफ माइ बिजिनेस

प्रधानमन्त्रीको नाम के हो– थाहा छैन

कर्णाली जस्ता पिछडिएको क्षेत्रमा भोलेन्टियर जब गर्नु जरुरी छ– कर्णाली कता पर्छ उफ् !

नेपालको विकासको अवस्था कस्तो छ– म के गरुँ, नेताहरू सबै चोर भएपछि !

यस्ता असंख्य उत्तरहरू अहिलेको युवा वर्गको मुखमा झुन्डिन्छ । मानौं; यी कुराहरूको कक्षा कतै हुन्छ तर जिम्मेवार कसरी बन्ने, त्यसको कार्यदिशा र कार्यक्रम के हुनसक्ला न सरकारसँग व्यवस्था छ न त अभिभावकसँग नै !

डिजिटल लाइफको सफलता र विकृति

अहिले इन्टरनेट र सामाजिक सञ्जालका कारण करोडौं मानिस घरमै बस्न सकेका छन् कुनै पनि ज्ञानबर्द्धक कुराहरू गुगल र युट्युबबाट बुझ्न अनि शिक्षा लिन सकिरहेका छन् संसारभरि एकैछिनमा कुराकानी गर्न, विचार राख्न मिलेको छ अल्बर्ट आइन्सटाइनको परमाणुको स्पीडभन्दा छिटो संसारको एक कुनाबाट अर्को कुनामा जानकारी पाउन सकिने भएको छ

यति हुँदाहुँदै; यो डिजिटल समाज विकृतिविना कहाँ बँचेको छ र ! भाइरल हुने निहुँमा शरीरमा के–कति लुगा लगाउनुपर्छ, सार्वजनिक स्थलमा के बोल्न हुने के नहुने बिर्सिन लागेका छन् मानिसले

“अस्ति टिकटकमा एउटीले ब्रा देखाएकोले उसको ५ हजार लाइक र एक हजार कमेन्ट आयो अनि मैले पनि पेन्टी देखाएको त मेरो पनि रातारात १० हजार लाइक र २ हजार कमेन्ट आयो अहिले त मलाई कलेज जाँदा सबैले हेर्छन् र बोल्न खोज्छन् बरै ! म कोसँग लभ गर्ने कन्फ्युज भएँ” भन्ने जमात पनि ह्वात्तै बढेको छ

उहिले हजुरबा, हजुरआमाको जमानामा गरगहना, सारी, लुगाफाटो देखाउन विवाह, पूजाआजा, चाडपर्व आदि कुर्नुपर्थ्यो भने अहिले टिकटक, फेसबुक, इन्स्टाग्राममा राखेको देखिन्छ । समय परिवर्तनशील छ । शायद भोलि यो भन्दा अर्को प्रविधिले जीवनशैलीलाई अझ अर्कैतिर मोड्न पनि सक्छ !

अर्काथरी युवा वियर खाएको, शरीर मालिस गरेको आदि सोसल मिडियामा मुख्यत: टिकटकमा राख्दैछन् । यदि यसरी नै चलिराख्यो भने आउने २/४ वर्षमा मैले नुहाएको, मैले ट्वाइलेट गरेको, मैले यो गरेको, त्यो गरेको, अनि मेरो जीएफ/बीएफसँग यस्तो गरेको भनेर कसैले भिडियो राख्यो भने अचम्म नमाने हुन्छ उनीहरू डिजिटल लाइफ र अभिभावकविहीन दुनियाँमै रमाएका छन्

नेपालमा ‘साइबर ल’ त्यति कडा र प्रभावकारी नहुनुले पनि होला भन्ने केही छन् भारतमा अर्थतन्त्रमा घाटा लाग्यो वा चाइनासँगको सम्बन्धको कारण भनेर टिकटक बन्द छ । उता अमेरिकामा पनि त्यस्तै छ । चाइनामा भने युट्युब, गुगल, फेसबुकहरू निकै नै फिल्टर गरेर मात्र उपलब्ध गराइएको छ गल्फमा पनि टिकटक र सोसल मिडिया निकै नै सेन्सर र लिमिटेड रूपमा रहेको छ

नेपालको अर्थतन्त्र र व्यापार घाटा

नेपाल विश्वमा सानो अर्थतन्त्र भएको देश हो, जहाँ बर्सेनि लगभग ९२% व्यापार घाटा रहेको छ खर्बौं रुपैयाँको मालवस्तु आयात (Import ) गरेर हाम्रो देशको गुजारा चलेको छ विशेषगरी डिजेल, पेट्रोल जस्ता भौतिक मालवस्तुसँगै हामीले अर्बौं रुपैयाँका डिजिटल सामान र त्यसलाई प्रयोग गर्ने डिभाइसको लागि पैसा तिरिरहेका छौं जस्तै; टिकटक, फेसबुक, ट्वीटर, इन्स्टाग्राम र अन्य सोसल मिडियाको प्रयोग गरेबापत हामीले ती पैसा तिरिरहेका छौं

एक तथ्यांकअनुसार एनसेलले नेपाल सरकारलाई अर्बौं रुपैयाँ राजस्व तिर्न बाँकी छ भनिन्छ हामीले खर्बौं रुपैयाँको डिजिटल समाजमा खर्च गर्दा खाडीलगायत अन्य देशमा हाम्रा परिवारले कमाएको रकम यस्ता कुरामा खर्च गरी फेरि देश बाहिर नै पठाइरहेका छौं देशको निर्यात (Export) कछुवाको चालमा छ । उद्योग, कल–कारखाना अन्तर्राष्ट्रिय व्यापारका लागि खुल्न र राज्यले त्यसको वातावरण बनाउन सकेको छैन यी डिजिटल समाजका युवा पात्रहरूको लागि सरकारसँग कुनै ठोस योजना छैन सफ्टवेयर उद्योग र मोबाइल गेम/एप्स बनाउने उद्योगको वातावरण सरकारले दिन सकेन । गत वर्ष मात्र ३२ अर्ब बढीको मोबाइल, ग्याजेट नेपालीले खरिद गरे

डिजिटल समाजबाट सिकाइ

समाज परिवर्तनशील हुन्छ । हिजो जे थियो त्यो आज छैन र आज जे छ त्यो भोलि नहुन सक्छ समाज भनेको नै हाम्रो समुदायको विशाल ठाउँ हो यहाँ गरिब पनि हुन्छन्, धनी पनि हुन्छन् शिक्षित पनि हुन्छन् र अशिक्षित पनि प्रकृति विशाल छ, त्यो भन्दा विशाल मानव समाज छ । किनकि; प्रत्येक मानिसको सोच–विचार फरक छ, क्षमता फरक छ जसले गर्दा विकासको मामिलामा छिनछिनमै परिवर्तन ल्याइदिन सक्छ

सूचना प्रविधिको विकाससँगै अहिले करोडौं नेपाली युवापुस्ताहरू सोसल मिडियामा झुम्मिएका छन् । तिनीहरू बहुसंख्यक बेरोजगार, हाउस वाइफ, विद्यार्थी छन् । तिनीहरू अवसरको पर्खाइमा छन् । सही शिक्षाको खाँचोमा छन् कतिलाई त यो पनि थाह छैन कि– यसरी करोडौं रुपैयाँ डिजिटल लाइफमा रमाइलोका लागि खर्च गर्नु भनेको थोर्सटाइन वेल्बेटले Consumerism Culture मा भनेझैं उपभोक्तामुखी संस्कृतिकै आधुनिकीकरण हो

अहिले टिकटक, फेसबुक, ट्वीटर, इस्टाग्राम, भाइबर, गुगल, युट्युब, पब्जी, इमेल थाहा छैन भने ऊ यो नयाँ पुस्ताको समाजबाट निकै टाढा छ भनेर बुझे हुन्छ अहिले हामी अघोषित रूपमा ‘डिजिटल लाइफ’ मात्र होइन ‘डिजिटल समाज’मा पनि छौं यो समाजमा पकड युवा वर्गको रहेको छ

युवा वर्ग जो यसरी घण्टौंसम्म सोसल मिडिया अथवा डिजिटल समाजमा डुबेका छन् यिनीहरूले चाहेमा सरकारलाई सही बाटो देखाउन सक्छन् इलेक्ट्रोनिक भोटको प्रणाली होस् त देशले युवा पुस्तालाई बुझ्ने, हाँक्ने नयाँ नेतृत्व पाउन सक्छ बुढा नेताहरूको फोहोरी राजनीतिभन्दा इमान्दार युवा पुस्ताका नेता पाउन सक्छ, नर्वे, क्यानडा, डेनमार्कझैं वा पञ्चायतीकालमा सूर्यबहादुर थापाझैं । युवाले नेतृत्व गरेको डिजिटल समाजलाई विकासमा ढाल्ने समाज पाउन सक्छ

डिजिटल समाजका युवा वर्गलाई प्रश्न

कोरोनाले असाध्य पीडा दिएको भन्दा बढी यो देशको सरकारी संयन्त्र र सरकारी प्रणालीले जनतालाई केही गर्न नसकेको पीडा अझ ठूलो छ भनेर कहिले बुझ्ने ? यी बिन्दास डिजिटल युवा नै भविष्यका कर्णधार हुन् यसरी ‘मपाईं’ गरेर, जे मन लाग्यो त्यही पोस्ट गरेर, भिडियो बनाएर घण्टौंघण्टा डिजिटल लाइफमा रमाएका पुस्ताले भोलिका दिनमा देश हाँक्नुपर्ने हुनसक्छ जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ

घोकन्ते विद्या र व्यावहारिक शिक्षाबीचको फरक, प्राविधिक शिक्षा र अप्राविधिक शिक्षा, व्यावसायिक तालिम, ग्रामीण लघुवित्तबाट निर्मित ठूला उद्यमको बारेमा कहिले सोच्ने ? नेपाल जस्तो गरिब देशको अस्पतालमा हुने खर्च युरोप र अमेरिकामा हुनेभन्दा किन महँगो ? यहाँका संस्थागत (Private) क्याम्पस र स्कूलहरूको फी किन यति महँगो ? राज्यको नीति, निर्देशन र विकासका योजनामा हामी कहाँ छौं, कहिले बुझ्ने ? प्रत्येक कुरामा राजनीतिक दलको छाप, प्रत्येक काम गर्दा राजनीतिक दलको सिफारिस किन हुनपरेको भन्ने जिज्ञासा कहिले गर्ने ?

प्रधानमन्त्री र मन्त्री अनि राष्ट्रसेवक उच्च पदका कर्मचारीले देशको लागि के गरिरहेका छन् ? कसरी गर्दा राम्रो हुनेथियो त्यसको विचार कहाँ राख्ने ? के त्यो प्लेटफर्म डिजिटल समाज हुनसक्छ ? सकारात्मक कामबाट पनि भाइरल हुने कि ?!

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved