एजेन्सी–अफगानिस्तान कब्जा गरेपछि तालिबान लडाकुका प्रवक्ता जबीउल्लाह मुजाहिदले पत्रकार सम्मेलन गर्दै अफगानिस्तानी जनता र दुताबासहरुको सुरक्षाको ग्यारेन्टी लिने बताउनु भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै मुजाहिदले कसैसँग बदलाको भावना नराखेको भन्दै भन्नु भएको छ, ‘तालिबानलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन ।’ मुजाहिदले २० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको बताउनु भएको थियो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘पूरै देशका लागि गर्वको क्षण हो, उहाँले भन्नु भएको छ । अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने बताउँदै आफुहरुविरुद्ध लडेका सबैलाई माफी दिएका छौँ । हामी बाह्य वा आन्तरिक शत्रु चाहँदैनौँ ।’
तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ । हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ । मुजाहिदले भन्नु भएको छ, ‘‘हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ ।’
प्रवक्ता जबीउल्लाह मुजाहिद अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई पनि अफगानिस्तानमा सबै सुरक्षित रहेको भन्दै भन्नु भएको छ, अफगानीस्तानको जमिन कसैलाई पनि प्रयोग गर्न दिने छैनौँ ।’
उहाँले पत्रकार सम्मेलनमा नयाँ सरकार गठन भएपछि कस्तो कानुन ल्याउने भन्ने कुराबारे निर्णय हुने पनि बताउनु भएको छ । आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने मुजाहिदले बताउनु भएको छ ।
‘हामीले सबै सीमा नियन्त्रणमा लिएका छौँ,’ प्रवक्ता मुजाहिदले भन्नु भयो, ‘अलकायदालाई आश्रय दिन सक्ने जोखिम बारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले ‘अफगानिस्तानको भूमि कसैको विरुद्ध प्रयोग हुने छैन् ।’
मुजाहिदले इस्लामी इमिरेटमा महिलालाई शरियतको कानुको आधारमा अधिकार दिने बताउनु भएको छ । उहाँले भन्नु भएको छ, ‘हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिनेछौँ, शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्न सक्ने गरी व्यवस्था गर्ने छौँ ।’
तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको जनाएको छ । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले भन्नु भयो, ‘निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउनेछन् । आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदको भनाइ थियो । (बिबिसीकाे सहयाेगमा)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
एजेन्सी–तालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको...
एजेन्सी–अफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ । उहाँहरुबीच मंगलबार फोनवार्ता भएको बेलायतका प्रधानमन्त्रीको...
एजेन्सी–भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले...
एजेन्सी–काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ...
काठमाडौं–झण्डै २० वर्षपछि तालिबान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान,...